फिफा विश्वकप छनोटमा ब्राजिलको बिजयी शुरुवात, भोलिभिया ५–१ गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ । छनोट अन्तर्गत शनिबार विहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा रोड्रिगो र नेयमारले समान २÷२ तथा राफिन्हाले १ गोल गरे । राड्रिगोले २४औं र ५३ औं, नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समय तथा राफिन्हाले ४७ औं मिनेटमा गोल गरेका हुन् । बोलिभियाका लागि भिक्टोरले ७८ औं मिनेटमा एक गोल फर्काए । पहिलो खेल खेलिरहेको ब्राजिल ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

प्रतिक्रिया