जी–ट्वान्टी शिखर सम्मेलन आजबाट औपचारिक रुपमा शुरु, विश्वमा देखिएको संकट समाधानका लागि एकजुट हुन मोदीको आह्वान

काठमाडौं । मविश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरुको संगठन जी–ट्वान्टीको शिखर सम्मेलन आजबाट औपचारिक रुपमा भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले विश्वमा देखिएको सबै संकट विश्व समुदाय मिलेर समाधान गर्नुपर्ने बताएका छन् । अहिले युगौँ पुराना चुनौतिहरु पुनः देखापरिरहेको उल्लेख गर्दै उनले मानवीय शान्तिका लागि सबैले जिम्मेवारी निर्वाह गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले कोरोना संक्रमणपछि विश्वमा विश्वासको अभावका कारण ठूलो संकट र युद्ध निम्तिएको बताउँदै त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्ने बताए । उनले कोरोनालाई परास्त गरे जसरी आपसी विश्वासको संकटलाई पनि सबै मिलेर पार लगाउन सकिने उल्लेख गरे । मोदीले अफ्रिकन युनियनलाई जी–ट्वान्टीको स्थायी सदस्यता दिने प्रस्ताव पनि गरेका छन् । साथै मोदीले सम्मेलनका क्रममा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका छन् । भारतले जी–२० को अध्यक्षको हैसियतले शिखर सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकसहित १७ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी भएका छन् । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्नेछ । सम्मेलनको पहिलो दिन आज २० देशका नेताहरु एउटै मञ्चमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जि २० मा १९ वटा देश र एउटा युरोपीयन संघ आवद्ध रहेका छ । जी–ट्वान्टीमा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, प्रmान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अप्रिmका, दक्षिण कोरिया, टर्की, बेलायत र मेरिका रहेका छन् ।

प्रतिक्रिया