मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा २ सय ९६ जनाको मृत्यु, सयौँ भवनहरु भत्किए

काठमाडौं । मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ । मोरक्कोको उत्तरी क्षेत्रमा ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर  दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको बताइएको छ । यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबात लगायतका क्षेत्रमा समेत महसुस गरिएको थियो । तरौडान्ट र माराकेस शहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि गइरहेको परकम्पका कारण उत्तरी मोरक्कोको फेस शहरका बासिन्दाहरु त्रसिद बनेका छन् । कतिपय मानिस घर छोडेर बाहिर बसेका छन् । भूकम्प स्थानीय समयअनुसार गएराति ११ बजेर ११ मिनेटमा गएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया