जितगढीमा आन्तरिक पर्यटक

तस्बिरः रामहरि न्यौपाने/रासस

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–११ स्थित ऐतिहासिक जितगढी भ्रमण र यहाँबाट देखिने नुवाकोट–रसुवालगायतका स्थानको अवलोकन गर्न पुगेका आन्तरिक पर्यटक । नेपाल–भोट (तिब्बत) युद्धको क्रममा मूलकोट डाँडा (नुवाकोट)लाई रक्षा गर्न विसं.१९४९ मा नेपाली सेनाले हातहतियार र ढुङ्गामुढा भण्डार गर्न उक्त गढी निर्माण गरेका थिए । पुरातत्त्व विभागको अनुसार यहीँबाट गरिएको आक्रमणबाट नेपाली पक्ष विजयी भएकाले यस गढीको नाम ‘जितगढी’ राखिएको हो  ।

प्रतिक्रिया