आर्थिक भार थपिने भएकाले कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न नहुने नेपालको भनाइ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई अर्थको बोझ पर्ने भएकाले पुनः निर्वाचन हुनु नहुने बताएका हुन् । उनले देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनावमा नगई मिलेर सरकार बनाउनुपर्नेमा जोड पनि दिए । उनले प्रदेश एकमा मध्यावधि चुनाव भए आफ्नो पार्टीले अहिलेको भन्दा तेब्बर बढी सिट जित्ने दाबी समेत गरे । 
अध्यक्ष नेपालले मध्यावधि निर्वाचनमा नगई कोशी प्रदेश सरकार टिकाइराख्न सबैले मिलेर उपाय निकाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया