बाँकेको शम्शेरगञ्जमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३४ जना घाइतेहरुको कोहलपुर अस्पतालमा उपचार हुँदै

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शेरगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू, चालक ४५ वर्षीय जुगबहादुर चन्द र बारबर्दिया नगरपालिका–७ का ३४ वर्षीय सहचालक वसन्त कार्की रहेका छन् । बसमा ४१ जना सबार रहेको बताइएको छ । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा रोकेर राखेको  ट्रकसँग ठोक्किएको हो ।

प्रतिक्रिया