नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ धनुषा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज आफ्नो निवास जनकपुरधाममा सम्मान गर्दै उनले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न नसकिने बताए ।

नेता निधिले राज्यलाई अझ बढी जिम्मेवार र सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा लाग्न खबरदारी जरुरी रहेको बताए । “सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठूलो जिम्मेवारी छ । यसको अभ्यासमा भएका कमजोरीको विषयमा कलम चलाइ सच्याउनका लागि यहाँहरूले भूमिका खेल्नुपर्छ”, उनले भने । 
 

प्रतिक्रिया