अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा विरेन्द्र शाह निर्वाचित
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।आइतबार कास्कीको पोखरामा सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।
संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला कञ्चन रहेका थिए ।
त्यस्तै अन्य नेताहरुमा संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया