एमाले पार्टी राजनीति गर्न नभइ देश बनाउन बनेको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउन बनेको दाबी गरेका छन् ।
आज (आइतबार) पार्टी केन्द्रिय कार्यालय च्यासल ललितपुरमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा उनले एमाले जन्मै देखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको पार्टी भएको उल्लेख गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको र पार्टीले जसरी विकास गर्नुपथ्र्याे त्यसरी विकास गर्न नसकेको गुनासो समेत गरे ।
अध्यक्ष ओलीले पार्टीमा भोटो फटाए पनि नेतृत्व दिन नसक्ने र विमति जनाउने तर, सही बाटो के हो ? पहिल्याउन नसक्ने प्रवृति देखिएको गुनासो गरेका छन् । उनले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
प्रधानमन्त्री ओलीले जनताले सजिलो सँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताए । उनले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न असफल भएको टिप्पणी गरे । कम्युनिस्ट पार्टी मात्र जनताको हितमा वास्तविक परिवर्तन ल्याउन सक्षम हुने दाबी प्रधानमन्त्री ओलीको छ ।
प्रतिक्रिया