विराटनगरलाई हराउँदै काठमाडौंंको प्लेअफ सम्भावना कायमै
काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पि.एल.) मा विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौं गुर्खाजको प्लेअफ पुग्ने सम्भावना बाँकी राखेको छ ।
त्रि.वि. मैदान कीर्तिपुरमा आइतबार जितका लागि ११८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले १८.१ ओभरमा ९ विकेटको क्षतिमा १२० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
पराजित विराटनगर यस अघिनै प्ले अफ होड बाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौंले ८ अङ्क बनाएको छ ।
अब काठमाडौंलाई प्ले अफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बिचको नतिजाले भर पार्नेछ । उक्त खेलमा कर्णाली हारेमा काठमाडौंको अगाडिको यात्रा सहज बन्नेछ ।
प्रतिक्रिया