बलात्कार अभियोगमा अमेरिकी अभिनेता ड्यानीलाई ३० वर्षको जेल सजाय

दुई महिलालाई बलात्कार गरेको अभियोगमा अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनले विभिन्न समयमा महिलालाई बलात्कार गरेको आरोपमा अदालतले जेल सजाय सुनाएको हो । न्यायाधीश चारलेन ओल्मेडोले उनलाई सजाय सुनाउँदै  बलात्कारको पुष्टि हुने धेरै प्रमाणहरु रहेको उल्लेख गरेका छन् । पीडितको प्रतिनिधित्व गर्ने वकिल एलिसन एन्डरसनले महिलाहरूले कानून प्रवर्तनको लागि अगाडि आएर र दुई डरलाग्दो आपराधिक मुद्दाहरूमा प्रत्यक्ष रूपमा भाग लिएर ठूलो शक्ति र बहादुरी प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन । पीडितमध्ये एक महिलाले आफूले धेरै पहिले नै पुलिसमा रिपोर्ट गरेपनि अहिले बल्ल न्याय पाएको भन्दै खुसी व्यक्त गरेकी छिन । सुनुवाइभर मास्टरसन मौन रहेका थिए र सन् २०२२ मा पहिलो निर्णायक मण्डलले फैसला गर्न नसकेपछि मास्टरसनलाई मे महिनामा पुनः परीक्षणमा दोषी पाइएएको थियो । उनले महिलालाई बलात्कार गर्नुअघि लागूऔषध दिएको पनि पुष्टि भएको छ । 

प्रतिक्रिया