जी ट्वान्टी शिखर सम्मेलनका लागि दिल्लीमा अभूतपूर्व सुरक्षा व्यवस्था

२९ देशका सरकार प्रमुखले सम्मेलनमा भाग लिने

भारतको राजधानी दिल्लीमा जी ट्वान्टी सम्मेलनका लागि अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ ।  विश्वका उदीयमान राष्ट्रहरुको संगठन जी–ट्वेन्टी सम्मेलनलाई सहभागी हुने विशिष्ट अतिथिलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । २० सदस्य राष्ट्र र पर्यवेक्षक गरी २९ देशका सरकार प्रमुख सम्मेलनमा सहभागी हुँदैछन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ भने बैठकमा अनुपस्थित रहनेछन् । रूसका विदेशमन्त्री र चीनका प्रधानमन्त्रीले बैठकमा आ–आफ्नो देशको प्रतिनिधित्व गर्ने जनाइएको छ । जी–२० मा आबद्ध शक्तिशाली राष्ट्रहरूबीच मतभेदले नयाँदिल्लीमा हुन लागेको शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्दाहरूमा साझा सहमति कायम गर्न मुस्किल देखिएको छरु। रुस–युक्रेन युद्धलाई लिएर जी–२० का देशहरूको फरक–फरक दृष्टिकोणले अन्य मुद्दाहरू पनि प्रभावित हुने देखिएको होरु। अमेरिका तथा पश्चिमा मुलुकहरू जी–२० को मञ्चमा रुसलाई एक्ल्याउने रणनीतिमा छनरु। तर चीनको समर्थनमा रुसले उक्त विषयलाई सम्मेलनमा प्रवेश नै गराउन नहुने दबाब बढाएको छरु। सम्मेलनका कारण शनिबार र आइतबार नयाँदिल्लीमा सरकारी तथा निजी कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा बिदा दिइएको छ । विश्वका विकसित तथा विकाशील २० वटा राष्ट्रका कार्यकारी प्रमुखहरु सहभागी हुने सम्मेलन सुरु हुनु अघिल्लो दिन दिल्लीमा करीब ५० हजार सुरक्षाकर्मी तैनाथ गरिएको हो । सम्मेलन आयोजना स्थल र त्यस आसपासको ३५ किलोमिटर क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरेर सुरक्षा बढाइएको हो । दिल्लीका सडकमा सैनिक, अर्धसैनिक तथा प्रहरी तैनाथ गरिनुका साथै आकाशमा चौविसै घण्टा ड्रोन निगरानीको ब्यवस्था गरिएको छ । सय किलोमिटर परसम्मको निगरानी वायु सेनाले लिएको छ । मूख्य मूख्य क्षेत्रमा एन्टी ड्रोन प्रणाली जडान गरिएको छ ।  सडक, पार्क र पर्यटकीय स्थलहरु श्रृंगारले झकिझकाउ पारिएको छ । गत वर्षको १ डिसेम्बरमा भारतले इन्डोनेसियबाट जी–२० को अध्यक्षता पाएको हो । 

प्रतिक्रिया