गलैँचा, मुढा बेचेको घरमा रकम पठाउँदै कैदीबन्दी
दाङ । दाङ स्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्च समेत पठाउने गरेका छन् ।
घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेब वापत ५० देखि ८ सय र मुढा बनाएर मासिक ४ हजार देखि ५ हजार सम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौना लगायत सामग्री बनाउने गरेका छन् ।
घरलु तथा साना उद्योग कार्यालय बाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।
“उत्पादित सामग्रीको किन बेचको व्यवस्था यहीँ बाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।
रासस
प्रतिक्रिया