महिला टी–ट्वान्टी एसिया छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग पराजित

नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग पराजित भएको छ । पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ । आज विहान भएको सेमिफाइनलमा नेपाल ४८ रनले पराजित भएको हो ।थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।  नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाईन् । कविता जोशी र अप्सरी बेगमले समान १०÷१० रन बनाए ।  अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३÷३ विकेट लिईन् । यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको हो । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ५९, नट्थाकन चान्थम्ले ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक÷एक विकेट लिए ।यस खेलमा विजेता भएसँगै थाईल्यान्डले टी–ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउने छ ।  सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डविरुद्ध नेपालले खराब प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया