कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको सांसदहरुद्वारा निन्दा
घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग
कांग्रेस सहमहामन्त्री सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको सांसदहरुले विरोध जनाएका छन । आज प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आकस्मिक समय लिएर बोल्दै सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराएका हुन । महामन्त्री थापाले सो घटनामा सबै पक्षको अनुसन्धान गरी सांघातिक आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरे ।
महामन्त्री थापाले के काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न समेत गरे । विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको जिम्मा सरकारले लिनुपर्ने बताए ।
राप्रपा महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपासँग संलग्न नभएको बताएका छन् । यादवलाई आक्रमण गर्ने श्यामबहादुर सापकोटालाई कारबाही गर्न माग गरे ।
त्यस्तै डा.चन्दा कार्कीले कान्ति बाल अस्पतालमा उपचारमा पालो नपाएर बालिकाको निधन भएको घटनामा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने बताइन ।
बैठकमका एमालो सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताए ।
सांसद पन्तले जलासाययुक्त विद्युत आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए ।
प्रतिक्रिया