काठमाडौंमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएपछि...
काठमाडौं । काठमाडौंमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । कागेश्वरी मनोहरा–८ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी हुन् ।
शनिबार मध्यान्ह १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी र आगोले महिला घाइते भएकी थिइन् ।
घाइते भएकी उनलाई प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्याएको छ ।
प्रतिक्रिया