नेपालमा कृषक परिवारको संख्या ६२ प्रतिशत मात्रै

जग्गा बाँझिने क्रम दिनानुदिन बढ्दो

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । आज सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । त्यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ ।
पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको छ ।  गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९ सय ५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।  कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रेहेको तथ्याङ्कले देखाएको छ । नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आवद्ध भएको पाइएको छ । २५ लाख हेक्टर कृषियोग्य जमिन घटेर २२ लाख हेक्टरमा खुम्चिएको पनि तथ्यांकले देखाएको छ । दश बर्ष अघि ३० हजार हेक्टर बाँझो जग्गा रहेकोमा अहिले ६० हजार पुगेको छ।  नेपालमा राँगा र भैँसी र गाइगोरुको संख्या पनि घटेको देखिएको छ ।   बाख्रा र च्याङ्गा तथा सुँगुर र बँगुर भने बढेका छन ।  ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको  छ भने फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएको छ । 
 

प्रतिक्रिया