फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । फ्रान्समा जारी राजनीतिक उथलपुथलका बिच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । 

७३ वर्षीय फ्रान्कोइस बाइरु मेयर हुन् र उनी मोडेम पार्टीको नेतृत्व गर्छन् । प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नु अघि उनले इमानुएल म्याक्रोन सँग भेट गरेका थिए । यो भेट करिब दुई घण्टा चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

हालै फ्रान्सका पूर्वप्रधानमन्त्री मिशेल बार्नियरलाई उनको पद बाट हटाइएको हो । उनी तीन महिना मात्रै पदमा रहिन् । राष्ट्रपति म्याक्रोनले संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । त्यसयता फ्रान्समा राजनीतिक गतिरोध उत्पन्न भएको छ ।

फ्रान्समा बिहीबार गरिएको एक जनमत सर्वेक्षणले पनि ६१ प्रतिशत फ्रान्सेली मतदाता देशको राजनीतिक अस्थिरता प्रति चिन्तित रहेको समाचारमा उललेख छ । 

प्रतिक्रिया