काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालका निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहान निधन भएको छ । ग्राण्डी अस्पतालले वडाध्यक्ष रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया भाइरल निमोनियाका कारण निधन भएको जनाएको छ । अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । पाँच दिनको उपचार अवधिमध्ये दुईदिन आइसीयू र दुईदिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत थिए । उनी वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बनेका थिए । रिजालको शव अहिले श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ । उनको आज नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने बताइएइको छ । धादिङको खनियाँबासमा जन्मिएका रिजाल हाल काठमाडौं–१६, बालाजुमा बस्दै आएका थिए । उनका श्रीमती र २ छोराहरू रहेका छन् । यसैविच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् ।
प्रतिक्रिया