चिनियाँ विदेश मन्त्री वाङ द्वारा सिरिया बारे ‘गहिरो चिन्ता’ व्यक्त
एजेन्सी । चिनियाँ विदेश मन्त्री वाङ यीले सिरिया बारे ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।
विदेश मन्त्री वाङ यीले आफ्ना इजिप्टका समकक्षी सँग सिरियाको अवस्था बारे ‘गहिरो चिन्ता’ व्यक्त गरेका हुन् ।
अन्तरर्मष्ट्रिय सञ्चार माध्यमका अनुसार इजिप्टका विदेश मन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङमा संयुक्त पत्रकार सम्मेलन गरी सिरियाको वर्तमान अवस्था प्रति चिन्तित व्यक्त गर्दै सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान समेत गरेका छन् ।
आतङ्कवादी र अतिवादी शक्तिहरूलाई अराजकताको फाइदा लिनबाट रोक्न चिनियाँ विदेश मन्त्रीले आग्रह समेत गरेका छन् । उनले मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्न शान्ति र वार्तालाई बढावा दिनुपर्नेमा जोड समेत दिएका छन् ।
प्रतिक्रिया