अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको पनि आज मूल्य बढेको छ ।
भारतीय मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर भएपछि नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर भएको हो । नेपालमा डलरको भाउ बढ्दा रेमिटेन्सबाट प्राप्त हुने रकम बढ्नेछ । तर, आयातित वस्तुको लागत बढ्नेछ भने मूल्य वृद्धिको सम्भावना समेत रहनेछ ।
प्रतिक्रिया