क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आज

 

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेफछि आजका लागि पेसी तोकेको हो । मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बङ्गलादेश पुरेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन् । गत भदौमा नै लामिछानेलाई जिल्ला अदालतले पूर्वक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालतले भने पुस २९ गते २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाएको छ । त्यसपछि लामिछानेले प्रतिबन्ध फुकुवा माग गर्दै सर्वोच्चमा मुद्दा हालेपछि अदालतले प्रतिबन्ध फुकुवा गर्दै द्रुत गतिमा मुद्दा टुंग्याउन आदेश गरेको थियो । सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी थिइन ।।
 

प्रतिक्रिया