अस्पताल भर्ना भए छवि, किन मानेनन् रवि ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । छातीमा गाह्रो भएको भनेपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।
प्रहरीले भन्यो, ‘जोशीले छातीमा असहज महसुस भएको बताएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’
एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन मानेनन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रहरीका अनुसार अस्ति अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको थियो भने हिजो चिकित्सकले अस्पतालमै आएर चेक गरेका थिए । चेकजाँचपछि चिकित्सकले अस्पताल भर्ना हुन सुझाव दिएपनि लामिछानेले इन्कार गरेका हुन् ।
रविले विगतमा हिरासत छल्न भीआइपीहरु अस्पताल बस्ने प्रवृत्तिको विरोध गर्ने गरेका थिए । उनी गृहमन्त्री हुँदा हिरासत छल्ने प्रवृत्ति अन्त्यका लागि तीन बुँदे निर्देशनसमेत जारी गरेका थिए ।
प्रतिक्रिया