फुटबलको प्रतिष्ठित वालेन डी ओर अवार्डको प्रारम्भिक सूचि सार्वजनिक
मेसी समेटिदा पाँच पटकका बिजेता रोनाल्डो परेनन
क्रिस्टियानो रोनाल्डो विश्व प्रतिष्ठित फुटबल अवार्ड वालेन डी ओरको प्रारम्भिक सूचीमा पर्न असफल भएका छन । आयोजक संस्थाले गएराति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनीक गर्दा रोनाल्डो नपरेका हुन् । सन् २००३ पछि पहिलो पटक रोनाल्डो प्रारम्भिक सूचीमा नपरेका हुन् । रोनाल्डो ५ पटक यस अवार्डका विजेता हुन् । उनी अहिले साउदी क्लब अल नासिरबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् । लियोनल मेस्सी भने सुचिमा परेका छन । मेस्सी आठौं पटक वालोन डी ओर जित्न सक्ने सम्भावित खेलाडीको रुपमा हेरिएको छ । ३० खेलाडीको प्रारम्भिक सूचीमा म्यानचेस्टर सिटीका ७ खेलाडीले स्थान बनएका छन् । जसमा प्रिमियर लिग खेल्ने १२ खेलाडी समावेश छन् । म्यानचेस्टर सिटीलाई युरोपमा ट्रेबल उपाधि जिताएका कीर्तिमानी गोलकर्ता हालान्डदेखि केभिन डी ब्रुइन, रुबिन डायस, विश्व विजेता जुलियन अल्भारेज, बर्नान्डो सिल्भा, रोड्री र जोस्को ग्वार्डिओल सूचीमा परेका छन् । यसै सिजन बार्सिलोना गएका गुन्डोगन समेत प्रारम्भिक नामावलीमा अटाएका छन् । इङ्ल्याण्डको राष्ट्रिय टिमका ह्यारी केनदेखि जुड बेलिङ्घम र बुकायो साका समेत प्रारम्भिक सूचीमा परेका छन । विगत दुई वर्षदेखि महिला अवार्ड जित्दै आएकी बार्सिलोनाकी एलेक्सिया पुटेलास भने यस वर्ष मनोनयनमा परिनन् । चेल्सीकी साम केर र पीएसजीकी काडियाटो डियानीसहित बार्सिलोनाकी आइटाना बोनमाती महिला तर्फको मनोनयनमा परेका छन् । यो वर्षको बालोन डी’ओर अवार्ड अक्टोबर ३० मा प्रदान गरिने छ ।।
प्रतिक्रिया