पाँच देशका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिभिन्न पाँचवटा देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।
राजदूत नियुक्त भएका देशहरुमा पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरिया रहेका छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङफे राजदूतमा नियुक्त भएका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराइद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया