अमेरिकी राष्ट्रपति जो बाइडेन द्वारा १५ सय अपराधीको सजाय माफी दिने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब १५ सय अपराधीको सजाय माफी दिने घोषणा गरेका छन् । 

बाइडेनले विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकालको अन्तिम समयमा विशेषाधिकार प्रयोग गरि करिव ती अपराधीहरुको सजाय माफी दिने निर्णय गरेका हुन् ।

राष्ट्रपति बाइडेनले अमेरिका सधै सम्भावना बोकेको र दोस्रो अवसरको पक्षमा रहेकाले राष्ट्रपतिको हैसियतमा पश्चाताप र पुनःस्थापना भएका व्यक्तिहरूलागि यो विशेषाधिकार प्रयोग गरेको बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको यो निर्णय अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको निर्णय भएको जनाएको छ । केही समय अघि मात्र बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई विशेषअधिकारको बलमा माफी दिएकोमा व्यापक आलोचना भएको थियो । 

सजाय माफी गरिएका अपराधीहरु विगत एक वर्ष देखि घरमै सजाय भोगिरहेकाहरु रहेको पनि छन् । 

प्रतिक्रिया