कुश्मा नगरपालिकाको भवन १४ करोडमा बन्दै

पर्वत । कुश्मा नगरपालिकाले १४ करोडको लागतमा  पालिका भवन निर्माण शुरु गरेको छ । 

नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरेका हुन् । भवनको आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्ट सहित साढे छ तलाको हुनेछ । साथै पर्वतका सात वटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । 

महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् । 
रासस 

प्रतिक्रिया