म्याग्दीमा खेलमैदान बनाउन २८ लाख संकलन
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदाय बाट २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकम बाट तीन रोपनी जग्गा खरिद गरेको छ ।
खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । “समुदायस्तर बाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकार सँग बजेट माग गरेका छौँ”, उनले भने ।
खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले १३ लाख ५० हजार, ५ लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहेका घारका ददीवल खड्का बाट ५ लाख, घार कोटमन्दिर बाट १ लाख ६५ हजारका साथै अन्य दाता बाट रकम प्राप्त भएको उनल जानकारी दिए ।
रासस
प्रतिक्रिया