भारतको तमिलनाडुको एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
एजेन्सी । भारतको तमिलनाडुको एक अस्पतालमा लागेको भीषण आगलागीमा ६ जनाको मृत्यु भएको छ ।
तमिलनाडुको डिंडीगुल जिल्लामा रहेको निजी अस्पताल लागेको आगोमा ६ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन ।
भारतीय सञ्चार माध्यमका अनुसार स्थानीय प्रहरी र अग्नीनियन्त्रकको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागी पछि अस्पतालको लिफ्टमा रहेका सबै मानिस बेहोश भएका थिए । विद्युत शट भएका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको समाचारमा उल्लेख छ ।
आगलागी बारे अनुसन्धान भैरहेको भारतीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया