एन.पि.एल. : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै

काठमाडौं । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एन.पि.एल.)मा आज (शुक्रबार) दुई खेल हुँदैछ ।
आज बिहान ९ बजे शुरु हुने पहिलो खेलमा एक खेल अगाडि नै प्ले अफ बाट बाहिरिएको लुम्बिनी लायन्स र कर्णाली एक्स भिड्दैछन् ।
रोहित पौडेलको कप्तानीमा लुम्बिनी र सोमपाल कामीको कप्तानीमा कर्णाली रहेको छ । प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ । लुम्बिनी लायन्स जित सहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । लिगमा ६ खेल खेलिसकेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
यस्तै, आज नै हुने दोस्रो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्नेछन् । उध्m खेल दिउसो १ बजे हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा छ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ । चितवनले यो खेल जितेमा विराटनगर प्लेअफ दौड बाट बाहिरिनेछ ।

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त
श्रीलंकाबाट फर्किए काभा भलिवल उपविजेता नेपाली टोली, विमानस्थलमा टीका र जमरा…
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति पौडेल

एन्फा महिला लिगमा आर्मीद्वारा बागमती युथ क्लब पराजित

ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले दिएन भिसा
अभ्यास खेलमा नेपाल श्रीलंकाको डेभलभमेन्ट क्लबसँग पराजित

प्रतिक्रिया