मानव बेचबिखन रोक्न सरकार सक्रिय भएर लागेको छ: महिलामन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा सक्रिय रहेको बताएका छन । आज मानव बेचबिखन बिरुद्धको सत्रौँ राष्ट्रिय दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले मानव बेचबिखन नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाहरुसँग हातेमालो गरेर काम गर्न पनि सरकार प्रतिवद्ध रहेको बताएका हुन । मन्त्री आचार्यले सामुहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने बताए ।
मन्त्री आचार्यले भारतसँगको खुला सीमाना, गरिबी, नागरिकको न्युन सचेतना स्तर र मानव बेचबिखनको बदलिँदो प्रवृत्तिका कारण समस्याहरुको समाधान अपेक्षित रुपमा भने हुन नसकेको उल्लेख गरे । सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिका कारणपनि समस्याहरु देखा परिरहेका उनको भनाइ छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया