रविलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै आज अदालत उपस्थित गराएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । 

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्‍याएर बयान लिएको थियो । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनी कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए ।

हिरासतमा राखेर अनुसन्धानका लागि अब ९ दिन बाँकी रहेकोमा प्रहरीले अर्कोपल्ट अभियोगपत्र लैजानै तयारी गरेको छ ।

प्रतिक्रिया