काठमाडौंले जनकपुरलाई दियो १०२ रनको सामान्य लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १ सय २ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुर स्थित त्रि.वि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै १ सय १ रन मात्र बनायो ।
टस हारेर बलिङको निम्तो पाएको जनकपुर बोल्ट्स जवाफी ब्याटिङमा उत्रिएको छ ।
प्रतिक्रिया