माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगन भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगन गरिएको हो । आज स्थगन भएको बैठक भोलि बिहान ११ बजे बस्ने माओवादी केन्द्रले जानकारी दिएको छ ।
नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ ।
प्रतिक्रिया