दक्षिण कोरियाली राष्ट्रपतिले भने–अन्तिमसम्म लड्छु

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफूले पदबात तत्काल पद नछाड्ने संकेत दिएका छन् । 

गत हप्ताको मंगलबार देशमा ‘मार्शल ल’(एक प्रकारको सैन्य शासन) को घोषणा गरेर बिवादमा तानिएका राष्ट्रपति योलले तत्काल पद नछाड्ने संकेत गरेका हुन् । यद्यपि व्यापक बिरोध पछि उनले मार्शल ल को घोषणा फिर्ता लिइसकेका छन् । उनलाई पद छाड्न दक्षिण कोरियाली राजनीतिक दलहरुले दबाव दिइरहेका बेला उनले आज बिहिबार बिहान टेलिभिजन सम्बोधन गर्दै ‘अन्तिमसम्म लडिरहने’ बताएका छन् ।

सम्बोधनमा उनले गत हप्ता अचानक मार्सल ल घोषणा गर्ने आफ्नो निर्णयको बचाउ समेत  गरेका छन् । उनले आफ्नो प्रयास लोकतन्त्रको पतन र प्रतिपक्षको “संसदीय तानाशाही“ रोक्न सैन्य शासन लागू गर्ने निर्णय गरेको  जिकिर गरे । उनले भने – “मलाई महाभियोग लगाइयोस् वा छानबिन गरियोस्, म दृढ रहन्छु,।“ 


 

प्रतिक्रिया