नेपाल प्रिमियर लिग : विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पी.एल.) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर स्थित त्रि.वि. क्रिकेट मैदानमा आज(बिहीबार) जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
विराटनगरका लागि यसै खेल बाट एन.पी.एल.मा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।
पोखराका सागर ढकाल र राइमन रिफरले दुई–दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक–एक विकेट लिए ।
प्रतिक्रिया