अफगानिस्तानको गृह मन्त्रालय भित्रै आत्मघाती बिस्फोट, मन्त्री हक्कानीको मृत्य

एजेन्सी । अफगानिस्तानको गृह मन्त्रालय भित्र भएको आत्मघाती बम आक्रमणमा परी शरणार्थी तथा देश फिर्ती सम्बन्धी मन्त्री खलिल हक्कानीको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चरमपन्थी समूह तालिबानले सन् २०२१ मा अफगानिस्तानको सत्ता कब्जामा लिए यता मारिने हक्कानी उक्त समूहका अहिले सम्मकै उच्च नेता हुन् । 

कार्यालय बाट बाहिरिँदै गर्दा भएको उक्त विस्फोटमा हक्कानीका अतिरिक्त अन्य ६ जना पनि मारिएका छन् । खलिल हक्कानी तालिबान भित्रको शक्तिशाली समूह हक्कानी नेटवर्कका शीर्ष नेता रहेको समाचारमा उल्लेख छ । 

अर्को चरमपन्थी समूह इस्लामिक स्टेट आईएसले उक्त आक्रमणको जिम्मेवारी लिएको छ ।
 

प्रतिक्रिया