जापानको सहयोगमा हुम्लामा बाल गृह निर्माण
काठमाडौं । जापान सरकारको अनुदान १ करोड ३५ लाखको लागतमा हुम्लाको सरदमुकाम सिमीकोटमा बाल गृहको भवन निर्माण सम्पन्न भएको छ ।
बुधबार त्यहाँ आयोजित कार्यक्रममा जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरेका हुन् ।
उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिम लगायत गतिविधि सञ्चालन गर्न सक्ने यहाँ स्थित जापानी राजदूतावासले आज(बिहीबार) जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
रासस
प्रतिक्रिया