एफ.बी.आई. प्रमुखले ट्रम्पले निकाल्नु अघि जागिर छोड्ने

एजेन्सी । अमेरिकी संघीय अनुसन्धान एजेन्सी एफ.बी.आई.का निर्देशक क्रिस्टोफर रेले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नु अघि नै आफ्नो पद बाट राजीनामा दिने बताएका छन् । 

ट्रम्पले राष्ट्रपतिको पद ग्रहण गर्ने बित्तिकै क्रिस्टोफर रेलाई पद बाट हटाउने संकेत गरे पछि क्रिस्टोफरले एफ.बी.आई.को आन्तरिक बैठकमा यस्तो घोषणा गरेका हुन् ।  केही साताको विचारविमर्श पछि आफूले पद बाट राजीनामा दिने उनले बताए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले यस अघि नै एफ.बी.आई. को नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसकेका छन् । क्रिस्टोफरलाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा नियुक्त गरेका थिए । उनी १० वर्षका लागि नियुक्त भएका थिए । 

तर, ट्रम्प राष्ट्रपति चुनाव हारेपछि एफ.बी.आई.ले ट्रम्प विरुद्ध अनुसन्धान शुरू गरे पछि रिपब्लिकनहरूको आलोचनाको सामना गर्नु परेको थियो ।

प्रतिक्रिया