प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन : नेता कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन । पार्टी निकट नेपाल निजामति कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने बताएका हुन । नेता कोईरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं प्रमुख बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने उल्लेख गरे । 
नेता कोइरालाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने समेत बताए । उनले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पनि उनले नेतृत्वलाई सुझाव दिए । संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि छुट्टै समिति बनाउनुपर्ने उनको भनाइ थियो । 
 

प्रतिक्रिया