सिरियाली नवनियुक्त प्रधानमन्त्री द्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह
एजेन्सी । सिरियाली नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बशीरले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।
लामो समय देखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्री बनेका मोहम्मद अल बशीरले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले सरकारको पहिलो लक्ष्य विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु रहेको बताए । विदेशमा रहेका नागरिकको मानव पूँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए ।
सिरियामा राष्ट्रपति बसर अल असद सरकार पदच्यूत भएको ३ दिन पछि मंगलबार उनले बसिरले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पद सम्हालेका हुन ।
प्रतिक्रिया