धरानमा शनिबार देखि योमरी महोत्सव हुँदै
धरान । नेवाः देय दबुले आगामी शनिबार देखि तीन दिन सम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ ।
दबुले बुधबार पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचौँ संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताए ।
नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठो बाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्प द्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ ।
रासस
प्रतिक्रिया