उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । 

आज (बिहीबार) बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो ४ डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । 

यस्तै, आज बिहान ६ बजेर ४५ मिनेट जाँदा सूर्योदय भएको छ भने अपराह्न ५ बजेर १० मिनेट जाँदा मा सूर्यास्त हुनेछ ।

प्रतिक्रिया