प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
समसामयिक राजनीति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक परिस्थिती र प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका क्रममा नेपालको तर्फवाट उठाउनुपर्ने विषयमा प्रतिपक्ष दलको राय मागेको बताइएको छ । भेटमा सरकारका कामका विषयमा पनि कुरा भएको बुझिएको छ । सरकारले अघि बढाउन लागेका केही विधयेकका विषयमा पनि दुई नेताविच कुरा भएको बुझिएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली सिंहदरबार पुगेका थिए । दुई नेताविच करिव एकघन्टा छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने तालिका छ ।
प्रतिक्रिया