निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति

काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् । बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो । 

बैठकपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफूहरुले सिमेन्ट उद्योगीहरु धरासायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको बताए । 

सहमति अनुसार काठमाडौं उपत्यकामा अब ६ सय रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । उपत्यकामा ओपिसी सिमेन्ट ७ सय रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेका छन ।

प्रतिक्रिया