रक्तसञ्चार सेवा शुरु

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनबाट रक्तसञ्चार सेवा शुरु भएको छ । २०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न शुरु गरेको हो ।

अहिले रक्त सञ्चार सम्बन्धि सम्पूर्ण गतिविधिहरु प्रदर्शनीमार्गमा बनेको नयाँ भवनबाट भइरहेको सोसाइटीले जनाएको छ । 

प्रदर्शनी मार्गमा सेवा शुरु भएसँगै रक्त संकलनमा समेत वृद्धि भएको छ ।  भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको थियो ।  त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन नयाँ बनेसँगै नयाँ भवनबाट सेवा शुरु गरिएको हो । 

नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौंमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा शुरु गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया