जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा मंसिर २८ गते हुने
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ ।
महासंघको तेस्रो महासभाको उदाटन प्रधानमन्त्री केपी ओलीले गर्ने तय भएको महासंघले जनाएको छ । महासभामा विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रश्तावमा छलफल हुनेछ ।
महासभामा घरजग्गा कारोबार वृद्धिको लागि कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ प्लानिङको प्रकृया सहज बनाउनुपर्ने विषयहरु उठान हुने बताइएको छ ।
शेयर कारोबारका लागि स्टक मार्केट जस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरु ल्याउनुपर्ने विषयमा समेत महासभामा छलफल हुने बताइएको छ ।
घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरु पनि महासभामा लगिने भएको छ । सभाले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।
प्रतिक्रिया