दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग मुद्दा दर्ता भएको छ ।

साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरेको हो । 

सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ । दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको हो ।

प्रसाईंविरुद्ध प्रहरीले शुरुमा साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो, भने अहिले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै उनलाई प्रहरीले मंसिर ४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया