सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको छोरासँग सोधपुछ

सिनामंगलबाट बरामद भएको करिव ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ । सुन तस्करी प्रकरणमा छानबीनको दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनसँग सीआईबीले बयान लिएको हो । प्रकरणमा जोडिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क र सम्बन्ध सार्वजनिक रुपमा नै देखिएपछि दिपेशलाई पनि अनुसन्धानको दायरामा ल्याइएको हो । छिरिङले रोल्पाकी अमला रोकामगरसँग विवाह गरेको र त्यही सम्बन्धको आधारमा पुनको परिवार र छिरिङबीच उठबस रहेको बताइएको छ । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ६ विदेशी नागरिकसहित २५ जनालाई पक्राउ गरिसकेको छ । 

प्रतिक्रिया