असदको सत्ता पतन भएपनि इरान कमजोर नहुने खामेनीको दाबी
एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले सिररियाका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्नुको पछाडि संयुक्त राज्य अमेरिका र इजरायलको हात रहेको आरोप लगाएका छन् ।
उनले असद राष्ट्रपतिबाट पतन हुँदा इरान कमजोर नहुने दाबी गरेका छन् । यसैगरी खामेनीले असदलाई सत्ताच्युत गर्नुमा सिरियाको छिमेकी देशको पनि संलग्नता रहेको बताए तर देशको नाम भने उल्लेख गरेनन्।
असद शासनको पतन भएदेखि धेरै सिरियाली शरणार्थीहरू टर्की र लेबनानबाट सिरिया फर्किरहेका छन्। असन शासन कालमा दमनका कारण ५ लाख सिरियाली नागरिकको मृत्यु भएको थियो । असदलाई इरानको निकै ठूलो सहयोग रहेको थियो । गत आइतबार राजधानी दमास्कस लगायतका सहर आन्दोलन कारीले कब्जामा लिएपछि असद भागेर रुसमा शरण लिन पुगेका छन् । असद शासनलाई सहयोग गर्ने रुस पनि हो । तर रुस र इरानको बलियो साथ रहँदा रहँदै पनि २५ वर्षपछि असदको सत्ता ढलेको छ ।
प्रतिक्रिया